काठमाडौँ – सत्तारूढ गठबन्धनमा रहेका दलहरुले सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाउन आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।


ADVERTISEMENT


गठबन्धनले बनाएको कार्यदलका नेताहरू साझा कार्यक्रमलाई अन्तिम रूप दिन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । साझा कार्यक्रममा आएका सुझाव समेटेर टुंगो लगाउनका लागि कार्यदल आन्तरिक छलफलमा जुटेका थिए ।


ADVERTISEMENT

# # #


न्यूनतम साझा कार्यक्रममा सत्ता गठबन्धनलाई बलियो बनाउनेदेखि संविधान संशोधनसम्मका विषयवस्तु समेटिएको बताइएको छ । त्यस्तै ओली सरकारले गरेका कामको समीक्षा, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकतामा राखिएको एक सदस्यले जानकारी दिए । कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि सार्वजनिक गरिने बुझिएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् ।