काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


मंगलबार नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यालय पुगेर राजदूत बेरीले शिष्टाचार भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।