काठमाडौँ– सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


यसका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी समेत गरेकी छन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।

मंगलबार ऊर्जामन्त्री भुसाल र प्रधानमन्त्री देउवाबीचको भेटमा भुसालले निर्देशक शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवासमक्ष ब्रिफिङ गरेकी थिइन् । त्यसलगत्तै देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका हुन् ।

शाक्यलाई ऊर्जा मन्त्रालयले गत कार्तिक २४ मात्रै वरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।