काठमाडौँ– आफ्नै २८ वर्षीय श्रीमती बबिता राईको हत्या गरेको अभियोगमा श्रीमान् रामेश्वर गोतामे समातिएका छन् ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिका– १६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका– २ सातबिसे घर भएका ३३ वर्षीय गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।