कैलाली– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ धर्मापुर कटान बस्ने ३६ वर्षीय धरमविर चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


चौधरीले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


मोरङमा समातिए आरोपी श्रेष्ठ

मोरङ– ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–३ बस्ने २५ वर्षीय हिमाल श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई जबरस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।