काठमाडौं– काठमाडौं महानगरपालिका– १५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं टंकेश्‍वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठ लगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


उनको घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #