झापा– ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित गौरादह नगरपालिका– १ बस्ने ३७ वर्षीय कृष्ण कुमार ताजपुरियालाई ६ ग्राम अवैध लागूऔषध मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे ७ प ६७६७ नम्बरको मोटरसाइकलमा सवार कृष्ण कुमारलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


थप अनुसन्धानको क्रममा ताजपुरियाले उक्त पदार्थ सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय सुमन कुमार कार्कीबाट किनेको खुलेपछि प्रहरीले सुमनको कोठा तलासी गर्दा थप ३० ग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको छ ।

हाल फरार सुमनको खोजी गर्नुका साथै ताजपुरिया उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।