काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुनिश्चितता गर्नुपर्ने जनाउँदै कांग्रेसका ४२ लागि ४२ जना युवा नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।


ADVERTISEMENT


नेता रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवासकुमार पोखरेल, श्रीराम लामिछाने, दीपक भट्टराई, रिता खनाल र प्रतिमा गौतमलगायत कुल ४२ नेताले महाधिवेशनको सुनिश्चितताका लागि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलसमक्ष हस्ताक्षरसहित पत्र बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी केन्द्रीय कार्यालय सानेपामा सबल कांग्रेस निर्माणका लागि युवा अभियानले मुख्यसचिव पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई पठाएको हो ।

यसअघि भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनिएपनि हालसम्म त्यसको अनिश्चितता कायमै रहेको भन्दै उनीहरुले सो पत्रमा ३ बुदाँँमार्फत प्रधानमन्त्री देउवासमक्ष आफ्नो माग राखेका छन् ।

उनीहरुको बारा, सप्तरीलगायतमा क्रियाशील सदस्यता टुंग्याउनुपर्ने, सिफारिसका आधारमा क्रियाशील दिने र नेविसंघ, नेपाल तरूण दललगायत भातृ तथा शुभेच्छुक संघसंस्थालाई पूर्णता दिनुपर्ने लगायतका मागहरु रहेका छन् ।

प्रधानमन्त्रीलाई पठाएको ध्यानाकर्षण पत्र