काठमाडौँ– नेपाल सरकारले एक साता खोप सप्ताह मनाउने बताएको छ ।


ADVERTISEMENT


बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले यहि आगामी सोमबारदेखि अर्काे सोमबार अर्थात्, साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह मनाइने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, उक्त खोप सप्ताहका क्रममा दोस्रो डोजको खोप दिने कार्यलाई प्राथमिकता दिइनेछ ।

उक्त कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले दोस्रो डोज खोप नपाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाइने जनाउँदै शनिबार र आइतबारसम्ममा सो खोप ल्याइने जानकारी दिए ।

जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा (८ लाख डोज) अगामी शनिबार र आइतबार आइपुग्दै छ, भने भुटानले पनि नेपाललाई ३ लाख खोप दिने प्रतिबद्धता जनाएको छ ।