काठमाण्डौं- सर्जियो एगुरो म्यानचेस्टर सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । त्यस प्रदर्शनको मदतले म्यानचेस्टर सिटीले बुधबार राति युरोपेली च्याम्पियन्स लिगमा नेपोलीलाई ४–२ ले हरायो ।


ADVERTISEMENT


यस जितपछि सिटी नकआउट चरण पनि पुग्न सफल रह्यो । आ–आफ्नो घरेलु लिगको शीर्ष स्थानमा रहेको दुई टिमबीचको भिडन्त अपेक्षा अनुसार रोमाञ्चक पनि रह्यो ।


ADVERTISEMENT

# # #


एगुरोले सिटीका लागि खेलका तेस्रो गोल गरे र क्लबका लागि २ सय ४ खेलमा कीर्तिमान १ सय ७८ गोल गरे । यो जितपछि समूह एफ मा सिटीको १२ अंक भएको छ ।

साख्तर डोनेस्क ९ अंकमा दोस्रोमा छ । उसले अर्को खेलमा फायनउडलाई ३–१ ले हरायो । युरोपमा खराव खेलिरहेको नेपोली भने तीन अंकमै मात्र सीमित छ र तेस्रो स्थानमा छ । – आजको कान्तिपुरबाट