काठमाण्डौं- युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई पाखा लगाउँदै टोटेनहम हट्सपर दोस्रो चरणमा पुगेको छ । वेम्बली मैदानमा भएको समूह एच को खेलमा पाहुना टोली रियल ३-१ ले पराजित भयो ।


ADVERTISEMENT


डेले आलीले पहिलो हाफमा गरेको गोलमा अग्रता लिएको टोटेनहमले रियललाई दबाबमा राखिरह्यो । दोस्रो हाफको १० मिनेट‌ बित्दै गर्दा आलीले अग्रता दोब्बर पारे । त्यसपछि क्रिस्टियन एरिक्सनको गोलमा घरेलु टोलीले ३-० को अग्रता लियो ।


ADVERTISEMENT

# # #


दश मिनेट बाँकी हुँदा क्रिस्टियानो रोनाल्डोले गोल अन्तर घटाए पनि नतिजा भने परिवर्तन हुन सकेन । यस जितसँगै अपराजित टोटेनहम दोस्रो चरणमा पुगेको छ ।

समूहको अर्को खेलमा बोरुसिया डर्टमुन्ड र एपोएल निकोसिया १-१ को बराबरीमा अड्किए । पहिलो हाफमा राफाएल गुरेर्रोको गोलमा डर्टमुन्डले अग्रता लियो । माइकल पोटेले दोस्रो हाफको सुरुआतमै बराबरी गोल फर्काए ।

यस नतिजासँगै दुवै टोलीको २र२ अंक भएको छ । टोटेनहमले १० र रियलले ७ अंक जोडेको छ ।  – आजको कान्तिपुरबाट