एजेन्सी – ग्लोबल नेतृत्व आफ्नो हातमा लिन युरोपमा विभिन्न विभाग बनाउने नेपाली जनप्रगतिशील मञ्चले निर्णय गरेको छ । नेकपा माओवादी निकट प्रवासी नेपालीहरुको युरोप संगठन जनप्रगतिशील मञ्चको प्रथम बैठकले युरोप पार्टीलाई चलायमान बनाउन र एनआरएनएमा नेतृत्व तहसम्म ल्याउन अन्य संघ संस्थाहरुसंग तालमेल विभिन्न विभाग बनाई अघि बढ्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


जसअनुसार संगठन विभागमा उदय राज गौतम, आर्थिक विभागमा प्रकाश पौडेल, महिला बिभागमा सुष्मा भुसाल , संचार प्रचार प्रसार विभागमा विर मान घर्ती मगर र पार्टी प्रवक्तामा शम्भु प्रसाद पोख्रेललाई चयन गरिएको छ ।


ADVERTISEMENT

# # #


युरोपबाट एनआरएनको अन्तर्राष्ट्रीय समन्वय समितीको आउदो अक्टोबर महिनामा हुने केन्द्रीय समितिको निर्वाचन र अधिवेशनमा नेपाली जनप्रगतिशिल मंच युरोपका क्यान्डिडेटलाई जिताउन छलफल , तालमेल ,वार्ता गर्न सुरेन्द्र नेपाल श्रेष्ठ, कमरेड लोक दाहाल, कमरेड चित्र सुवेदी, कमरेड गंगा भुसाल र कमरेड धर्म राज खतिवडालाई मञ्चले जिम्मेवारी दिएको छ ।

बैठकमा नेकपा माओवादीले लिएको वर्तमान विचार र कार्यनीतिले मात्र देश विकासमा फड्को मार्न सकिने सबैको विचार रहेकोमा वामपन्थी धारको बृहत एकताबाट मात्र देशमा सुशासन र शान्ति कायम रहन सक्छ र एकताको लागि सबै एक भएर लाग्नु पर्ने कुरामा जोड दिइएको थियो।

यसैगरी बैठकले बेलायतमा भूतपूर्व गोर्खा सैनिकले समान पेन्सन तथा अन्य सुविधाका लागि गरिरहेको आमरण अनसन आन्दोलन को एक्येवद्धता जनाउदै आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको छ ।

अफगानिस्तानमा चलिररहेको आन्तरिक द्धन्दका कारण समस्यमा परेका नागरिकलाई स्वदेश फर्काउन पनि सरकारसँग मञ्चले माग गरेको छ ।

मञ्चका अध्यक्ष सुरेन्द्र भुसालले देशको राजनीतिक गतिविधि बारेमा जानकारी गराएकोमा मालेमा वादको अवधारणा आंशिक रूपमा पूरा भए पनि बाँकी अवधारणा पूरा गर्दै जानु पर्नेमा उनको जोड थियो।