काठमाडौँ – एनआरएनए जर्मनीका पूर्व अध्यक्ष समेत रहेका आईसीसी सदस्य विजय मोक्तानले नयाँ नेतृत्वले चरम लापरवाही गर्दै नियम पद्धतिविरुद्धको काम गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ नेतृत्वले सार्वजनिक गरेको आईसीसी प्रतिनिधिको छनोट आईसीसीको विधान र परिपत्रअनुसार बनाउनु पर्नेमा आफ्नो परिवार र गुटको नाम समावेश गरी पूर्व पदाधिकारी तथा विभिन्न पदमा काम गरेका अग्रजको ठूलो अपमान गरेको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


अघिल्लो वर्ष २ हजार बढी सदस्य रहेकोमा यस वर्ष सदस्यता घटेर १५९५ मात्रै पंन्चिक्रित सदस्य रहेको जानकारी दिँदै उनले एनआरएनए जर्मनीको २०२१–०२३ कार्यकालको निर्वाचन चरम धाँधली तथा अनलाइन पद्धतिको चरम दुरपयोग गरेको आरोपमा ३ वटा मुद्दा अदालतमा विचाराधीन रहेकोमा आईसीसी प्रतिनिधि छनोट मा पनि मनपरी र पूर्वाग्रही बनेर गरिएको उनले बताए ।

एकलौटीपन र अत्याचारपूर्ण यो निर्णयलाई स्वीकार्न नसकिने बताउँदै उनले एनसीसी २०१९–२१ कै पदाधिकारीहरु स्वतः पद बहालवाली रहने जनाएका छन् ।

एनआरएनए पूर्व अध्यक्ष तथा आईसीसी सदस्य विजय मोक्तान भन्छन् –

ध्यानाकर्षण
आदरणिय जर्मनी निवासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु सबैमा हार्दिक नमस्कार ,

गत ३१ जुलाईमा गैर आवासीय नेपाली संघ जर्मनीको निर्वाचनमा, निर्वाचन कामिटीले प्रविधिको चरम दुरुपयोग गरी उम्मेद्वारहरुको प्रतिनिधिबेगर मतदान सुरु भएको जानकारी नगराएर एक्लौटी निर्वाचन गराएको भनेर अदालतमा मुद्दा दर्ज भएको अवस्थामा पनि यस कमिटीको नेतृत्वले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीले पाउने प्रतिनिधिहरु ६५ प्रतिशत छनोटमा चरम लापरवाही गर्दै नियम पद्तिविरुद्ध काम गरेको पाईएको छ। जुन आईसीसीका प्रतिनिधि छनोट गरेको सुचना आज मध्ये रातमा एनआरएनए डट इभी पेजबाट सार्वजनिक गरेको थियो । आईसीसीको विधान र आईसीसीको परिपत्रअनुसार बनाउनु पर्नेमा आफूलाई मन पर्ने आफ्नो गूटभित्रका परिवारहरु समेतको नाम समाबेश गरेको छ। एनआरएनए जर्मनीका पूर्व पदाधिकारी तथा अध्यक्ष आईसीसीमा विभिन्न पदमा काम गरेका व्यक्तिहरुको नाम राख्ने क्रममा चरम मनपरी र मर्यादाक्रमलाई बेवास्ता गरी आदरणीय अग्रजहरुको ठूलो अपमान गरेको छ। गैर आवासीय नेपाली संघ जर्मनीमा गत बर्ष २००० भन्दा पनि बेसी रहेको सदस्यता घटेर यस पटक १५९५ मात्रै पंन्चिक्रित सदस्यहरु रहेका छन् ।

स्मरण रहोस एनआरएनए जर्मनीको २०२१–२०२३ कार्यकालको निर्वाचन चरम धाँधली तथा अनलाईन पद्धतिको चरम दुरपयोग गरेको आरोपमा ३ वटा मुद्दाहरु विभिन्न ठाउका जिल्ला अदालतमा फैसलाको तयारीमा रहेका छन्। आईसीसी प्रतिनिधि छनोट गर्दा स्वच्छता र पूर्वाग्राह बिना गर्नुपर्नेमा मनपरी र पूर्वाग्रही बनेर आफ्नो हातलाई बलियो हुनेगरी आईसीसी विधान र परिपत्रको बेवास्ता गरिरहेको छ।

आइसीसीको विधाननुसार ६५ प्रतिशत प्रतिसत पूर्व एलसीसी, एनसीसी र आईसीसीका विभिन्न पदहरुमा जिम्मेवारी पुरा गरीसकेका व्यक्तिहरुलाई छनोट गर्ने विधि प्रकृया र नीतिनियमलाई खिल्ली उडाइएको छ। आफ्ना खोज्ने क्रममा जर्मनीको छिमिकी देशबाट आएका मर्यादा क्रम नापुग्नेहरुलाई पनि आफ्नो भोट बैंकमा जम्मा गर्ने लाज मर्दो र शर्मिदा पुर्ण कामगरी एनआएरएनए जर्मनीको छविमा कालो धब्बा लागाई दिएको छ।

बाँकी २५ प्रतिशत प्रतिनिधिहरुलाई आईसीसीको बिधाननुसार २०२१–२०२३ कार्यसमितिको निर्वाचन संगै निर्वाचन समितिले निर्वाचन गराउनु पर्ने व्यवस्था गरेको छ। आईसीसीको विधान र परिपत्र अनुसार हो भने ३१ जुलाईमा निर्वाचन हुनुपर्ने हो तर त्यसो हुन सकेन । निश्पक्ष नभएको एनआरएनएन जर्मनीको विवादित एनसीसी परिणाम र शपथ ग्रहण तुरुन्त गराउन आईसीसी अध्यक्ष कुमार पन्त को उपस्थित रहेको थियो जो २०१९–२१ कार्यकाल को कार्यक्रम मा खासै आफ्नै एनसीसीमा देखा परेका थिएनन् । निर्वाचन समितिले आफ्नो कामलाई बाँकी राखी आफूलाई बिघटन गरी सकेको अबस्थामा २५ प्रतिशत प्रतिनिधिको छनोट अलपत्र परेको छ। अब कसले कसरी र कहिले निर्वाचन गर्ने यो पूरा नीति नियम र विधान विपरित निर्वाचन गर्न खोज्नु विवादित एनसीसी नेतृत्वले झगडाको बिउ रोप्दैछ। आजको भोलि कसरी कसले निर्वाचन गर्न सक्छ खै निर्वाचन आयोग ? कहाँ छ ? कृपया तुरुन्त आफ्नो गल्ती कमजोरीहरुलाई स्वीकारी पुनः नयाँ नाम वाली प्रकासन गर्न हार्दिक अनुरोध गर्दछु अन्यथ यो अत्याचार र एकलौटीपनलाई जर्मनी निवासी गैर आवासीय नेपालीहरुले स्वीकार्न सकिने छैन। जबर्जस्ती, एकलौटी, मनपरी गर्न खोजे एनआरएनए जर्मनीको नेतृत्वले ठूलो घाटा व्यहोर्नु पर्नेछ।

आगामी आईसीसी महाअधिवेशन सम्मको लागि २०१९–२१ का आई सि सि का पदाधिकारीहरु स्वतः बहालवाली रहने पनि यस कमिटीलाई म आईसीसी सदस्यको हैसियतले जानकारी गराउँछु।