काठमाडौँ– यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड गत आर्थिक वर्षमा मात्रै तीन सयभन्दा बढि मुनाफा वृद्वि गर्न सफल भएको छ ।


ADVERTISEMENT


आइतबार कम्पनीको २७ औं वार्षिक साधारण सभाको कार्यक्रमबीच कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै कम्पनीले तीन सयभन्दा बढि मुनाफा वृद्वि गर्न सफल भएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, कम्पनीका सचिव अनिल गुरागाँईले यससंगै आ. व. ०७७/०७८ को चौथो वित्तीय विवरण अनुसार, कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमा (Billion Club) मा प्रवेश गर्न सफल भएको जानकारी समेत दिएका छन् ।

भर्चुअल माध्यम मार्फत सफलता सम्पन्न उक्त कार्यक्रममा सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवााह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिनुका साथै कम्पनीको आ. व ०७७/०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रवाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिइएको थियो ।

सोहि अवसरमा कम्पनीले बाह्य लेखापरीक्षक एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त समेत गरेको छ ।

आगामी दिनमा पनि कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्ने जनाउँदै युनाइटेडले यसका लागि शेयरधनी सदस्यको सुझावमार्फत कम्पनीको व्यवस्थापनलाई प्राथमिकता दिइने समेत जनाएको छ ।