काठमाडौँ – लामो समयको आन्तरिक विवाद र संघर्षपछि अन्ततः नेकपा एमाले फुटेको छ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको माधव कुमार नेपाल समूहले एमालेमा नरहने निर्णय गरेको हो ।


ADVERTISEMENT


आजै राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रीय समिति वा संसदीय दलको सदस्यको २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सकिने अध्यादेश जारी गरेकी थिइन् । त्यस लगत्तै माधव समूहले एमाले फुटाएर नयाँ दल दर्ता गर्ने निर्णयमा पुगेको हो ।


ADVERTISEMENT

# # #


माधव नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । नेपालको दलको नाम ‘नेकपा एमाले समाजवादी’ प्रस्ताव गरिएको छ । चुनाव चिन्ह खुला किताब हुने बताइएको छ ।