काठमाडौँ – नबिल बैँकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।


ADVERTISEMENT


यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंक मार्फत ‘लेटर्स अफ क्रेडिट’, डकुमेन्टस् एगेन्स्ट पेमेन्टछ (डीएपी), डकुमेन्टस् एगेन्स्ट एक्सेप्टेन्स (डीएए), लोकल बैंक ग्रोन्टी आदि सुविधाहरु उपभोग गर्न सक्नेछन । यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्झौता पश्चात दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धि अन्य कारोबार समेत अगाडि बढाउने लक्ष्य राखिएको छ ।

साझेदारीकोबारेमा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले उक्त सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुबिधा प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ र दुवै बैंकका ग्राहकहरुलाई उत्कृस्ट बैंकिङ सेवासुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।’

सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राफ्ट लगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका शाखाहरुबाट नै प्राप्त गर्न सक्नेछन् । वैशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैकिङ्ग सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेलले जानकारी गराए ।