काठमाडौँ – डिशहोम फाइबरनेट काभ्रेको बनेपामा पनि विस्तार भएको छ ।


ADVERTISEMENT


उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डीएचटी प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको डिशहोम फाइबरनेट देशका विभिन्न सहर पछि बनेपामा पनि विस्तार भएको हो ।


ADVERTISEMENT

# # #


काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने डिशहोम फाइबरनेटको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।