काठमाडौ – सुनसरीको धरानमा बजाज मोटरसाइकलको नयाँ स्वरुम सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “अर्बिन एन्ड ब्रदर्स अटो”को उद्घाटन गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालमा सबैभन्दा धेरै विक्रि हुने अटो मोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध ग्राउने उद्देश्यले धरानमा पनि शोरुम संचालनमा ल्याएको जनाएको छ । कम्पनीको उद्देश्यलाई सार्थक बनाउन बिहीबार अर्बिन एन्ड ब्रदर्स अटोका प्रोपराइटर अर्बिन तामाङलाई डिलरसीप प्रदान गरिएको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको विश्वास छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गेल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गेल्छाले धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न रहेको बताए । ग्राहकलाई पूर्ण सन्तुष्ट बनाउनु आफूहरुको उद्देश्य रहेको बताउँदै उनले भने, ‘धरानमा यो नयाँ शोरुम विस्तारसँगै हामीले आशा ग्रेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।

शोरुम उद्घाटनको अवसरमा अर्बिन एन्ड ब्रदर्स अटोले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।