काठमाडौँ – प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालयको उद्घाटन भएको छ । शुक्रवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वित्तीय सहकारी संस्था सम्वन्वय विभागका प्रमुख आनन्दप्रसाद ढुङ्गानाले कार्यालय उद्घाटन गरे ।


ADVERTISEMENT


यसअघि सञ्चालित राष्ट्रिय सहकारी बैंकले सबै क्षेत्रलाई समेट्न नसकेकाले नेपाल सहकारी बैंकको स्थापना भएको बैंकका पदाधिकारीहरुले बताएका छन् । प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले यसअघि सञ्चालित राष्ट्रिय सहकारी बैंकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेकाले त्यसको प्रतिस्पर्धी बैंकका रुपमा नेपाल सहकारी बैंकको स्थापना भएको बताए । उनले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ् कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथ बैंक सञ्चालनमा आउने बताए । उनले भने, ‘लाइसन पाउनासाथ कारोबार शुरु गरिहाल्नेछौँ ।’


ADVERTISEMENT

# # #


प्रस्तावित बैंकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयबाट ६ महीनापछि कारोवार सञ्चालन गर्ने गरी कार्यालयमा रुपान्तरण गर्ने तयारी गरेको छ ।

बैंकको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता ढुंगानाले भने, ‘जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ प्रगति हुन्छ सोही आधारमा नेपाल सहकारी बैंक दर्ता प्रकृया अघि बढेको छ । पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैंकको अपरिहार्य रहेको छ ।’

उनले यस बैंकलाई काँग्रेसले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

यसैगरी प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले केहीले काँग्रेसको बैंक भनी आरोप लगाउँदै बैंक खोल्न दिनु हुँदै भन्ने गरेको भएपनि यो कुनै पार्टी विशेषको बैंक नभएर देशभरका सहकारीहरूको सेवामा समर्पित बैंक हो भएको बताए ।

राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धाका रुपमा आएको यस्तै प्रकृतिका अन्य ६ वटा बैंक आवश्यक भएको बताउँदै उनले सहकारीको हक हितका लागि सरकारले प्रकृया अघि बढाउन सहजीकरण गर्नुपर्ने बताए ।