भक्तपुर – भक्तपुरको सूर्यविनायकमा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ सदस्य सुविधा काउन्टर खुलेको छ । संस्थाले शुक्रवारदेखि नयाँ शाखाबाट कारोवार शुरु गरेको हो ।


ADVERTISEMENT


संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले काउन्टरको उद्घाटन गर्दै देशकै सबैभन्दा ठुलो सहकारीको रुपमा परिभाषा दिन र देशभरका जनतालाई सर्वसुलभ सुविधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताए।
यसअघि भक्तपुरको कौशलटार, ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड तथा चितवनमा संस्थाको सुविधा काउण्टर सञ्चालनमा छ ।


ADVERTISEMENT

# # #


२०५६ साल असोजदेखि कारोवार शुरु गरेको लालिगुराँसले सहज वित्तीय सुविधा दिँदै हालसम्म करिब ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको छ । संस्थाले निकट भविष्यमै सदस्य सुविधा काउन्टरलाई वृद्धि गर्दै उपत्यकाभित्र र बाहिर थप ६ स्थानमा काउन्टर खोल्ने तयारी गरेको संस्थाका अध्यक्ष श्रेष्ठले बताएका छन् ।