ललितपुर – भारतको नेपाली रू. ५ करोड आर्थिक सहयोगमा ललितपुरमा वृद्धाश्रम भवन बनेको छ । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा भवनको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


ज्येष्ठ नागरिकको उचित हेरचाहका लागि आधुनिक, अपांगमैत्री संरचनासहित बागडोलस्थित ‘ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन’ भवन निर्माण भएको हो ।


ADVERTISEMENT

# # #


भवनमा ११० वटा बेड रहेकोमा स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन् ।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा हालसम्म भारतले सहयोग गरेका ४५० भन्दा बढी परियोजना सम्पन्न भइसकेका छन् ।