काठमाडौँ– नयाँ पार्टी गठनको समयमा माधव नेपालको पक्षमा नदेखिएका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भने वार्ता गर्ने भएका छन् ।


ADVERTISEMENT


पार्टीबाट छुट्एिर नयाँ पार्टी गठन गर्ने नेपाललाई साथ नदिएका एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू ओलीसंग वार्ताका लागि आज ओली निवासस्थित बालकोट पुगेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गर्दै आएका सो नेताहरुले आजको वार्तामा अध्यक्ष ओलीसमक्ष माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवाही फिर्ता गर्न माग राखेका छन् । यस्तै, उनीहरुले १० बुँदे सहमति कार्यान्वयनको घोषणाका लागि ओलीलाई मंगलबारसम्मको समय दिएका छन् ।