काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले इन्धनमा २ रुपैयाँ वृद्धि गरेको छ भने खाना पकाउने ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको छ ।


ADVERTISEMENT


नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर मूल्य १३० रुपैयाँ पर्ने भएको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर ११३ रुपैयाँ पर्नेछ ।


ADVERTISEMENT

# # #


निगमले खाना पकाउने ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १ हजार ४ सय ५० रुपैयाँ पुर्‍याएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।

इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य बढाएको थियो ।