काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका तीन नेताबीच आइतबार भेटवार्ता भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले आइतबार सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले जानकारी दिए । उनले छिटै मन्त्रिपरिषद् विस्तार हुने बताए । गठबन्धनका दलहरु पार्टीको आन्तरिक छलफलमा रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको उनको भनाई छ ।

हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना रहेका छन् । जसमा कांग्रेस र माओवादीका दुई/दुई मन्त्री र कांग्रेसका तर्फबाट एक राज्यमन्त्री रहेका छन् ।