काठमाडौँ – नेपालमा एक महीनाको अवधिमा मात्रै डेढ खर्बको वस्तु आयात भएको छ ।


ADVERTISEMENT


भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को साउन महीनाको तथ्यांकअनुसार सो बराबरको वस्तु हामीले आयात गरेका हौँ ।


ADVERTISEMENT

# # #


यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । विभागकाअनुसार यस अवधिमा १५ अर्ब एक करोडको डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको आयात भएको छ ।

यस्तै, ६ अर्ब ४५ करोडको फलाम, ४ अर्ब ८२ करोडको मोबाइल र ३ अर्ब ८५ करोडको प्रशोधित फलाम रोल आयात भएको छ । यसैगरी साउन महीनामा नेपालले ३ अर्ब १६ करोडको सुन, २ अर्ब ६२ करोडको चाँदी आयात गरेको छ ।

कृषिप्रधान मुलुक भनेर चिनिने नेपालले आयात गर्ने शीर्षस्थानमै खाद्य वस्तु पनि पर्ने गरेको छ । विभागकाअनुसार साउनमा हामीले २ अर्ब ५५ करोडको चामल, २ अर्बको मकै, १ अर्ब ६६ करोडको तोरी, १ अर्ब १४ करोडको धान आयात गरेका छौँ । यसैगरी १ अर्ब ४७ करोडको ल्यापटप र १ अर्ब ३५ करोडको नेपालमा कोइला आयात भएको देखिएको छ ।