काठमाडौँ – भाडा समायोजन र सार्वजनिक सवारी साधन सञ्चालनको पूर्वाधार निर्माण गर्नुपर्ने लगाएका माग राख्दै यातायात व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।


ADVERTISEMENT


सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै दोश्रो चरणको आन्दोलन सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पहिलो चरणको आन्दोलनमा आफुहरुले पटक पटक मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर दोश्रो चरणको आन्दोलन गर्नुपरेको बताए ।

उनले विभिन्न निकायमा पुन आफ्ना मागहरुको बारेमा जानकारी पत्र बुझाएर दोश्रो चरणको आन्दोलन गर्नुपरेको बताए ।

भाडा समायोजन गर्दा वैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको तथा यातायात मजदुरले अझैपनि सहज रुपमा कोरोना खोप पाउन नसकेको उनीहरुको गुनासो छ ।