काठमाडौं – नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) हरूको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीपीहरुको सरुवा गरिएको हो ।


ADVERTISEMENT


निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी मेट्रोमै यथावत रहेका छन् भने एआईजी विश्वराज पोखरेल मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएका छन् ।


ADVERTISEMENT

# # #


यसअघि पोखरेल अपराध अनुसन्धान विभागमा थिए । उनको ठाउँमा एआईजी प्रद्युम्न कार्कीलाई पठाइएको छ भने कार्कीको ठाउँ (प्रहरी एकेडेमी) मा निरज शाही सरुवा भएका छन् । यस्तै भर्खरै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ ।