स्पेनिस ला लिगा अन्तर्गत शनिबार भ्यालेन्सियाले लेगानेसलाई ३–० ले पराजित गरेको छ । लगातार आठौं जितसँगै भ्यालेन्सियाले अंक तालिकामा दोस्रो स्थान सुरक्षित गर्‍यो । उसको जितमा ड्यानी परेहो, रोड्रिगो र सान्टी मिनाले गोल गरे । खेलको १४ औं मिनेटमा कप्तान परेहोको फ्रिकिकमा अग्रता लिएको भ्यालेन्सियाले दोस्रो हाफमा दुई गोल थपेको थियो । ११ खेलमा २७ अंक जोडेको भ्यालेन्सियाले लिगमा कुनै हार भोगेको छैन । उसले लिगमा कुल ३० गोल गरेको छ ।


ADVERTISEMENT