काठमाडौँ–  माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल कमर्स क्याम्पस मीनभवनस्थित गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।


ADVERTISEMENT


गत शुक्रबार समाजवादी निकट र शनिबार नेकपा एमाले निकट विद्यार्थीले दार्चुला तुईन घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोप्रति आपत्ति जनाउँदै आइतबार गृह मन्त्रालयले चेतावनीसहितको एक विज्ञप्ति जारी गरेको थियो ।


ADVERTISEMENT

# # #


मन्त्रालयको सोहि चेतावनी र विज्ञप्तिको विरोध गर्दै अनेरास्ववियूले आज गृहमन्त्रीको पुत्ला जलाएको हो ।

मन्त्रालयले उक्त विज्ञप्तिमा मित्रराष्ट्रसँगको स्वाभिमान र सम्मानमा आँच आउने क्रियाकलाप नगर्न र मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही समेत गरिने चेतावनी दिइएको थियो ।

यो पनि पढ्नुहोस्

मित्रराष्ट्रसँगको स्वाभिमान र सम्मानमा आँच आउने क्रियाकलाप नगर्न गृह मन्त्रालयको आग्रह