आफ्ना नागरिक मारिँदा समेत सरकार चुईक्क बोल्न सक्दैन ?


ADVERTISEMENT


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले दार्चुलामा भारतीय एसएसबीले तुईन काट्दा बेपत्ता भएका धामी जयसिंह धामीबारे सरकार मौन बसेर नालायकी प्रदर्शन गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


सोमबार राष्ट्रिय युवा संघ नेपालको बृहत युवा भेलालाई सम्बोधन गर्दै उनले आफ्ना नागरिक मारिँदा समेत सरकार चुईक्क नबोलेको आरोप लगाएका हुन् । उनले भने, ‘एउटा नेपाली तुइनबाट झारिन्छ, भारत भन्छ–थाहा छैन । उहाँहरुलाई थाहा छैन भने नेपालमा सरकार होला नि, आफ्नो नागरिक झारिए भनेर थाहा दिने । यस्तो भयो भनेर किन थाहा दिनुहुन्न ? नेपाल सरकारले थाहा दिन समेत सक्दैन ? आफ्ना नागरिक मारिँदा समेत सरकार चुईक्क बोल्न सक्दैन ?’

वर्तमान सरकार घरको बाघ वनको स्याल भएको टिप्पणी गर्दै उनले अघि थपे, ‘यहाँ युवाहरुले सडकमा प्रदर्शन गर्दा लाठी उठाउँछ । राष्ट्रियताका कुरा गर्दा थनिन्छ । तर, आफ्ना नागरिक मारिँदा प्रश्न उठाउन सक्दैन । यस्तालाई भन्छन्, घरका बाघ वनको स्याल ।’

आफूले पाँच–पाँच वटा पार्टीको गठबन्धन हौँ भन्नेले समेत चुईक्क नबोलेको बताउँदै उनले आश्चर्य व्यक्त गरे ।