काठमाडौँ – पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको एक दिवसीय खेलमा नेपाली क्रिकेट टोलीले पहिले बलिङ गर्दैछ । ओमानको अल अमेरत क्रिकेट स्टेडियममा पीएनजीले पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङको निम्तो पाएको हो ।


ADVERTISEMENT


खेल नेपाली समय अनुसार ११ः१५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


खेल सेप्टेम्बर ५ र ८ मा तय भए पनि प्राविधिक कारणले आजदेखि सुरु भएको हो । नेपालले दोस्रो तथा अन्तिम खेल सेप्टेम्बर १० मा खेल्नेछ । त्यसपछि नेपालले आईसीसी ओडीआई लिग–२ अन्तर्गत ओमन र अमेरिकाविरुद्ध सेप्टेम्बर १३ देखि २० सम्म खेल्नेछ ।