विराटनगर– संखुवासभा सामूहिक हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीले आफूहरु घटनाको सकरात्मक दिशातर्फ उन्मुख भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT


सोमबार एकै परिवारका ६ सदस्यको भएको हत्याकाण्डको अनुसन्धानमा खटिएका संघीय प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान प्रगतितर्फ उन्मुख भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


हाल शव उठाउने कार्य भइरहेको जनाउँदै उनले भने ‘अहिले शवको मुचुल्का तयार हुँदैछ। तथ्यहरूको अनुसन्धानबाट हामी पोजेटिभ वेमा छौं ।’

यद्यपि हालसम्म् कसैलाई पनि नियन्त्रणमा नलिइएको उनले बताए । अनुसन्धानमा दाबी गरिएको प्रगति प्रहरी हत्यारा नजिक पुग्न लागेको हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले नै त्यसो भन्ने अवस्थामा पुगेका छैनौं । जे जति प्रगति भएको छ, हामी उत्साही छौं। अहिलेसम्मको अनुसन्धान जिरोमा मात्रै रूमल्लिएको छैन । हामी सक्दो सत्यतथ्य बाहिर ल्याउने प्रयासमा छौ ।’

सोमबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी मादी–१ का स्थानीयवासी ५८ वर्षीय तेजबहादुर कार्कीसहित छ जनाको हत्या गरेको प्रहरीले जनाएको होे । सात जनाको पारिवारको सदस्य रहँदै आएको तेजबहादुरको घरमा उनका बुवा ८५ वर्षीय बौद्धमानबाहेक अन्य सदस्यको शव प्रहरीले भिन्दाभिन्दै अवस्थामा फेला पारेको थियो ।

यो पनि पढ्नुहोस् :

संखुवासभामा एकै परिवारका ६ जना मृतावस्थामा भेटिए, अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै

संखुवावासभा हत्या प्रकरण : अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै