काठमाडौ–अमेरिकामा हिमपातसहित आएको हिमआँधीबाट कम्तीमा ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरूका अनुसार मर्नेहरूमा विसकन्सिनमा दुई र मासाचुसेट्स, न्युयोर्क, कनेक्टटिकट र न्यु ह्याम्पशायरमा एक एकजना छन्।


ADVERTISEMENT


मौसम सम्वन्धी अधिकारीहरूका अनुसार मंगलबार न्युयोर्कको ब्रिजवाटरमा सबैभन्दा धेरै ४१ इन्च हिमपात भएको थियो भने पेन्सिलभेनिया र न्युयोर्कको अप स्टेटमा पनि ३० इन्चसम्म हिमपात भएको थियो।


ADVERTISEMENT

# # #


हिउँआँधी अमेरिकाको उत्तरपूर्वी क्षेत्रबाट एटलान्टिकतिर अगाडि बढेकोले त्यस क्षेत्रको मौसम सामान्य बन्दै गएको बताइएको छ।