सिरहा – सिरहाको मिर्चैया क्षेत्रमा विभिन्न अपराधिक गतिविधिमा स‌क्रिय एकजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


मिर्चैया नगरपालिका २ का अन्दाजी ४० वर्षीय शिव कुमार कापरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनीमाथि उपहरण तथा ज्यान मार्ने उद्योगका मुद्दाहरु छन् ।


ADVERTISEMENT

# # #


उनी  विभिन्न मुद्दाका फरार प्रदिवादीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले उनलाई आज पक्राउ गरेको सिरहाका एसपी हिरा पाण्डेले जानकारी दिए । उनी पक्राउ परेको जानकारी छ, उनले भने, तर, थप जानकारी छैन ।

उनलाई मिर्चैयाका मेयर श्रवण कुमार यादवले संरक्षण दिँदै आएका थिए । मुद्दाका फरार प्रतिवादी भए पनि उनी मेयर यादवसँगै अधिकांश समय देखिन्थे ।

कापर मेयर यादवको संरक्षण मिर्चैया क्षेत्रमा अपराधिक गतिविधिहरु गर्दै आएका थिए । संसद् विघटनका बेला नेकपा माओवादीले गरेको नेपाल बन्दका क्रममा मिर्चैयास्थित कटारी चोकमा भएको आन्दोलनमा रिर्पोटिंग गर्न गएका स्थानीय पत्रकार श्याम कुमार ठाकुरलाई उनै कापरीले हातपातसमेत गरेका थिए ।