काठमाडौं – एमसीसीको उपाध्यक्ष फातिमा सुमारले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा आफू नेपाललाई दबाब दिन नआएको बताएकी छन् ।


ADVERTISEMENT


उनले एमसीसीबारे दलहरूको धारणा कस्तो छ त्यो मात्र बुझ्न आफू नेपाल आएको प्रचण्डलाई बताएको स्रोतको दाबी छ ।
साथै उनले एमसीसी लागु गर्न नेपाललाई कुनै दबाब नदिने पनि बताएकी छन् ।


ADVERTISEMENT

# # #


फातिमा प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगेकी थिइन् । उनको साथमा एमसीसीको युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिका हेर्ने जेनाथन ब्रुक्स पनि खुमलटार गएका थिए ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार एमसीसीबारे दलहरूबीच विवाद रहेको भन्दै प्रचण्डले थप छलफलको आवश्यकता देखाएका थिए । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र सत्ता गठबन्धनमा रहेको दल हो ।

गठबन्धनमै रहेको अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डको जस्तै जवाफ फातिमालाई हिजै दिइसकेका छन् ।

फातिमासँग भेटपछि प्रचण्ड प्रधानमन्त्री देउवाले राखेको गठबन्धन बैठकमा सहभागी हुन बालुवाटारतिर लागेका छन् । फातिमाले आजै अपरान्ह ४ बजे देउवासित भेट्ने कार्यक्रम छ ।