काठमाडौँ– नेपाली कांग्रेस राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई समर्थन गर्ने भएको छ। ठाकुरलाई समर्थन गर्दै कांग्रेसले उनी उठेको क्षेत्र महोत्तरी– ३ मा उम्मेदवारी फिर्ता लिएको छ।


ADVERTISEMENT


सो क्षेत्र कांग्रेस बरजंग नेपाली उम्मेदवार बनेका थिए।


ADVERTISEMENT

# # #


महोत्तरी कांग्रेसका सभापति महेन्द्रकुमार रायले केन्द्रीय निर्देशन अनुसार उम्मेदवारी फिर्ता लिएको बताए।

‘पार्टीको निर्देशनअनुसार हामीले उम्मेदवारी फिर्ता लिएका छौं,’ रायले भने। निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय दिएको थियो।

यसअघि कांग्रेस र राजपा–फोरमबीच चुनावी तालमेलको प्रयास भए पनि त्यो सफल हुन सकेको थिएन।