बर्दिया– म्याद नाघेका तथा लेवल नछापी प्याकिङ गरिएका सामानसहित व्यक्ति प्रकाउमा परेका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरीको नियमित चेकजाँचको क्रममा भादा पुलमा नेपालगंज देखि गुलरियातर्फ आउँदै गरेको बा १८ च ११८५ नम्बरको गाडीमा म्याद नाघेका, लेवल नछापी प्याकिङ्ग गरिएका सामान देखेपछि प्रहरीले गाडिसहित चालकलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


प्रकाउ पर्नेमा मधुवन नगरपालिका– १ सानोश्री बस्ने ४३ वर्षीय मिन बहादुर वि.सी. रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार, गाडिबाट बरामद गरिएका फ्रुटो स्वादिष्ट पेप्सी जुस ९२ प्याकेट र ३ किलोग्राम छुर्पी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके एवम्  जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ बर्दियाका प्रतिनिधिको सँगको समन्वयमा नष्ट गरिएको छ ।

यस्तै, अन्य म्याद नाघेका खाद्यान्न सामानहरु भने परिक्षणको लागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँके पठाईएको छ ।