काठमाडौँ– कबीर पथ धर्मावलम्बीहरुले कबीर पथ धर्मलाई जनगणना गर्दा समावेश गर्नुपर्ने माग गरेका छन् ।


ADVERTISEMENT


आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धर्मालम्बीहरुले २० लाखको संख्यामा अनुयायी रहेको धर्मलाई जनगणनामा समावेश गराउन सरकारसमक्ष माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै कविपथ धर्म सभाका अध्यक्ष सत्यनारायण आलोकले राष्ट्रिय जनगणना २०७८ को जनगणना फारममा कवीरपथ धर्मको महल स्पष्ट रुपमा समावेश गर्न सरकारसँग माग गरे । उनले भने,‘२० लाख बढी संख्यामा अनुयायी रहेको कविर धर्मलाई जनगणना गर्दा समावेश गराइनुपर्छ ।’ उनले जनगणनामा कविरपथ धर्मको महल स्पष्ट रुपमा समावेश हुन्पर्नेमा जोड दिए ।

कवीर प्रकाट्य दिवस जेष्ठ पुर्णिमाको दिन कवीर जयन्ती मनाउन राष्ट्रिय बिदा कायम गर्न समेत उनले माग गरे । कवीरपथ धर्म विकासको लागि कवीरपथ धर्म कोष स्थापना गर्नुपर्ने उनको माग छ ।

उनले कवीरपथ धर्म विभिन्न जातजाति, धर्म, सस्कृतिहरुलाई संरक्षण, सम्बर्धन विकास गर्न स्थापना भएको बताए । उनले भने, ‘सदियौदेखि नेपालको भुमिमा लाखौलाखको संख्यामा रहि आए पनि कवीरपथ धर्म नेपाल सरकारको तथ्यांकमा सत्यतथ्य समाहित नभएको हुँदा हामी कवीर पथ धर्मालम्बीहरु धार्मिक पहिचान विहिन भएका छौ ।’

कार्यक्रममा माता निरादेवी साह, चेतनारायण महतो, विजय महतो (सर्लाही) रामकरण साह (धनुषा) लगायतले आफ्नो मन्तव्य राखेका थिए ।