काठमाडौँ– हिमालयन बैंक लिमिटेडले महानगरी प्रहरीलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


बैंकले शुक्रबार एक समारोह बीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमीका कारण दैनिक प्रशासकीय कार्यमा भएको ढिला–सुस्तीलाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको जनाएको छ ।

बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाका अनुसार, प्रहरी प्रशासनको सो समस्या हलका निम्ति बैंकले रु एक लाख दश हजार मुल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको हो।

बैंक तथा वृत्तका अन्य कर्मचारीहरुको उपस्थितिमा बैंकका मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीम बहादुर लामालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।