काठमाडौँ– नेपालमा थप एक हजार ५५८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा गरिएको पीसीआर तथा एन्टीजेनको कुल १२ हजार ३८५ परीक्षणमध्ये थप एक हजार ५५८ मा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, पछिल्लो २४ घन्टामा निको हुने संख्या एक हजार ३५१ रहेको छ, भने संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन् ।

यससंगै नेपालमा कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११,०१२ पुगेको छ ।