काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको छ।


ADVERTISEMENT


नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी बहन गर्नेहरूलाई सम्मान गरिएको महाशाखाले जनाएको हो।


ADVERTISEMENT

# # #


सम्मानित हुने सम्पूर्ण ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंशापत्र सहित खादा ओढाएर सम्मान गरेका छन् ।

महाशाखाले यसअघि गत आर्थिक वर्षमा पनि घुस दिई प्रलोभनमा पार्ने १६६ जना र यस अािर्थक वर्षमा घुसबापत रु.९०,१५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ९३ जना प्रहरीलाई पुरस्कार एवम् प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए।