काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गरेका छन्  ।


ADVERTISEMENT


नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गरेका हुन्।


ADVERTISEMENT

# # #


विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको स्मरण गर्दै उनले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिन अपिल गरे ।

जनताको कामलाई समय सकियो भनेर रोक्नेभन्दा समय दिएर गर्नेतर्फ ध्यान दिनसमेत उनले आग्रह गरे ।