काठमाडौँ– नजिकिदोँ चाडलाई मध्यनजर गर्दै उपत्यकामा विशेष सुरक्षाकर्मी गस्ती खटाइएको छ ।


ADVERTISEMENT


नजिकिदैँ गरेको मुख्य पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै शनिबारदेखि उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको हो ।


ADVERTISEMENT

# # #


यसअन्र्तगत सुरक्षा व्यवस्थालाई चुस्त बनाउँदै काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विशेष सुरक्षा योजना लागूसहित ५ हजार ५ सय सुरक्षाकर्मी तैनाथ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रहरीले यसअघि पनि ठूला चाडपर्वका बेला हुन सक्ने अपराध नियन्त्रण, शान्ति सुरक्षाको व्यवस्थापन एवम् बजार अनुगमनका लागि सादा तथा प्रहरी पोसाकमा सुरक्षाकर्मी खटाउँदै यसबेला हुनसक्ने सम्भाव्य चोरी, डकैती, पाकेटमार, चन्दा अपहरण, फिरौती, कालोबजारी तथा तोकिएको भन्दा बढी भाडा लिने जस्ता गलत क्रियाकलाप न्युनिकरणका लागि विशेष पहल गर्दै आएको छ ।

सोहि किसिमले सर्वसाधारणलाई सुरक्षा प्रत्याभूति दिलाउन यसपटक पनि विशेष योजनासहित अपराध नियन्त्रण तथा शान्ति सुरक्षा चुस्त बनाउन प्रहरी खटाइएको रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।

उनका अनुसार, यसअन्तर्गत प्रहरीले बैंक तथा वित्तीय संस्था, बसपार्क, र भीडभाड हुने क्षेत्रमा निगरानी बढाउनेछ । यसका लागि ४८ वटा चारपाङ्ग्रे, ३५ वटा मोटरसाइकल र ८३ वटा क्विक रेस्पोन्स टीम क्यूआरटी समेत परिचालन गरिएको छ ।

हरेक दिन ३६ ठाउँमा बिहान र बेलुका आकस्मिक सुरक्षा जाँच हुने र सार्वजनिक गाडीमा पनि सादा पोसाकमा प्रहरी खटाइने एआईजी पालको भनाई छ ।