काठमाडौँ– काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।


ADVERTISEMENT


बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् । रासस