काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गरेको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् ।


ADVERTISEMENT


नेता पौडेलले पार्टी सभापतिसमेत रहेका देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरिनुपर्ने उनको राय छ । देउवाको यस कदमलाई उनले मन्त्री नियुक्तिमा एकलौटी गर्न खोजेको आरोप समेत लगाएका छन् । यसै विषयमा उनले आज आफूपक्षीय नेताहरुको बैठक समेत बोलाएका छन् ।

बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बुधबार दिउँसो बस्ने भनिएको छ ।