काठमाडौं – चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा काठमाडौं किंग्स–११ ले ललितपुर प्याट्रियट्समाथि ७ विकेटको विजय हासिल गरेको छ ।


ADVERTISEMENT


काठमाडौंले आज भएको खेलमा  साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको हो ।


ADVERTISEMENT

# # #


काठमाडौंको जितमा रियान बर्ल र रहमानुल्लाह गुर्बाजले अर्धशतकीय पारी खेले । बर्लले ३६ बलमा सात छक्का र तीन चौकासहित अविजित ७३ र गुर्बाजले ३६ बलमा चार छक्का र चार चौकासहित ५९ रन बनाए ।

राजु रिजाल १९ रनमा अविजित रहँदा अमित श्रेष्ठ सुवास खकुरेलले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । ​बलिङमा पवन सर्राफले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनायो ।