काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका केन्द्रीय सदस्यहरूको प्राविधिक विषयभन्दा राजनीतिक विषयमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा शनिबार १० समूहका टोली नेताले राजनीतिक विषयमा स्पष्ट भएर जानुपर्नेमा जोड दिएका हुन् ।


ADVERTISEMENT


उनीहरूले राजनीतिक विषयमा अलमल गर्न नहुनेमा जोड दिँदै प्राविधिक विषयमा धेरै समय खर्च नहुनेसमेत बताएका छन् । टोली नेताका साथै छुटपुछ धारणा अन्य केन्द्रीय सदस्यहरूले समेत राखेका थिए । विधानको विषयमा छलफल भए पनि सदस्यहरूले प्राविधिकभन्दा राजनीतिक विषयमै बढी जोड दिएका छन् ।


ADVERTISEMENT

# # #


बैठक आइतबार बिहान ११ बजे पुनः बस्नेछ । उक्त बैठकमा अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले सम्बन्धित विषयमा जवाफ दिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘विकास, निर्माणका साथै सुखी नेपाल, समृद्ध नेपालको परिकल्पना साकार पार्ने ढंगले अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । राजनीतिक विषयमा अलमल नगरी स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा सदस्यहरूले जोड दिएको तामाङले बताए ।

बैठकमा कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने विषयमा पनि सदस्यहरूले जोड दिएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।