काठमाडौँ – काठमाडौँमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले पहिलो खेलमा नै जित निकालेको छ । चितवनले आइतबार विराटनगर वारियर्सलाई २ विकेटले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । १५२ रनको लक्ष्य पच्छ्याउँदै मैदान उभिएको चितवनले २० अन्तिम बलमा २ ८ विकेट गुमाएर १५५ रन पूरा गर्यो ।


ADVERTISEMENT

# # #


चिनवनको जितका लागि राजेश पुलामीले सर्वाधिक ४३ रन बनाए । नटआउट रहेका उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै निकै आक्रामक ब्याटिङ गरेका भीम सार्कीले ३० रन जोडे । उनले १० बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै दिलिप नाथले २३, करिम जनातले १९ र इशान पाण्डेले १० रनको योगदान दिए ।

विराटनगरका लागि कप्तान करण केसी र सिकन्दर राजाले २–२ विकेट लिए भने प्रतिश जिसी, अनिल खरेल र रायन पठानले समान १–१ विकेट बाँडे ।

यसअघि खराब सुरुवात गरेको विराटनगरको पारी अनिल शाह र सिकन्दर राजाले उकासेका थिए । सोक्रममा अनिलले ३१ बलकम ३ चौका र १ छक्काको मदतमा ३२ रनको योगदान दिए । सिकन्दर राजाले ६७ रनको आक्रमक पारी खेले । उनले ४७ बलमा ३ चौका र ७ छक्का ठोके । सौरभ खनाल ३० रन बनाएर नटआउट रहे ।

चितवनका लागि कमल सिंह ऐरीले २ विकेट लिएर म्यान अफ द म्याच चुनिए । उनले ४ ओभरमा १९ रन मात्रै खर्चिए । यस्तै कप्तान सोमपाल कामी, करिम जनात र सागर ढकालले समान २–२ विकेट बाँडे ।