काठमाडौं – नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले स्वर्गीय हजुरबुबाको नाममा वार्षिक २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।


ADVERTISEMENT


शिवाकोटीले नन्दप्रसाद शिवाकोटीको स्मृतिमा गृह जिल्ला दोलखामा यो पुरस्कारको स्थापना गरेका हुन् ।


ADVERTISEMENT

# # #


बुधबार नेपाल प्रेस युनियन दोलखा शाखाले सदरमुकाम चरिकोटमा गरेको कार्यक्रम मार्फत वार्षिक २५ हजार राशीको उक्त पुरस्कार घोषणा गरिएको हो । भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका नन्द प्रसाद शिवाकोटी २०१५ साल अघि दोलखा कांग्रेसको सभापति रहेका थिए ।

दोलखाको पहिलो विद्यालय क्षमावती माविका संस्थापक रहेका शिवाकोटीले दोलखा जिल्लामा शैक्षिक विकासको अभियान थालेका थिए ।

आफ्ना स्वर्गीय हजुरबुवाले शिक्षा क्षेत्रको विकासमा गरेको योगदानको सम्झनामा हरेक पत्रकारलाई पुरस्कृत गर्न स्थापना गरिएको पुरस्कार प्रेस युनियन जिल्ला शाखा मार्फत वितरण गरिने शिवाकोटीले बताए ।

‘यसले दोलखा जिल्लाका पत्रकारहरुलाई शैक्षिक क्षेत्रमा कलम चलाउन अभिप्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु’ उनले भने ।

युनियन जिल्ला अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रुद्र खड्का, पूर्व सभापतिहरु ताराबहादुर कोईराला , उद्धवराज काफ्ले, नेताहरु बर्मा लामा, ईश्वरनारायण मानन्धर, केशवराज चौलागाई, ताराकुमार खड्का लगायतले बोलेका थिए ।

भीमेश्वर नगरपालिका १ का पत्रकार शिवाकोटी कृष्ण बहादुर महरा कान्ड र तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड टेप कान्ड पर्दाफास गरे यता चर्चामा छन् ।