बिर्तामोड – नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले खेलाडीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


उनले खेल क्षेत्रमा जीवन दिने खेलाडीलाई खेल जीवन पश्चात् पेन्सन दिने हो भने खेल जगतको भविष्य उज्वल हुने बताए ।


ADVERTISEMENT

# # #


साथै खेलाडीलाई खेल जीवन पश्चात् घरको न घाटको बनाउन नमिल्ने पनि उनको तर्क छ ।

झापामा आयोजना हुन लागेको दिलमाया स्मृति कप –२०७८ को सुरुङामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली खेल क्षेत्रको विकासका लागि खेलाडीको लागि आवश्यक सम्पूर्ण व्यवस्थापन राज्यले गर्नुपर्ने बताए ।

झापामा आयोजना गरिएको दिलमाया स्मृति कप –२०७८ खेलकुद क्षेत्रको लागि महत्वपूर्ण भएको बताए । उनले स्वर्गीय दिलमायाले कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको सम्मान स्वरुप फुटवल आयोजना गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले नेपाल खेलकुद महासंघले फुटवल खेलाएर खेलाडीलाई धनी बनाउने सपना बोकेको बताए । उनले भने, खेलाडीको परिवारमा विभिन्न समस्याहरुको पहिचान गरेर राज्यको तर्फबाट आवश्यक समाधान हुनुपर्छ । खेलकुद क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने अध्यक्ष पौडेलको भनाइ रहेको छ ।